×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारी कर्मचारीको काम भनेकै घुसखोरी हो : प्रचण्ड

चितवन: भदौ १३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीतन्त्रमा पाईलै पिच्छे घुसखोरी हुने गरेका कारण देशको बिकास नभएको दाबी गरेका छन् । घुसखोरीको अन्त्य गर्न कर्मचारीको मिलेमतो अन्त्य गर्नु पर्ने समेत बताएका छन् ।
निर्माण व्यवसायी संघ चितवनको २५ औं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठूला विकास निर्माणको योजना एउटै निर्माण व्यवसायीलाई प्याकेजमा ठेक्का दिने मिलेमतो कर्मचारीहरुबाटै हुने गरेको बताए । अध्यक्ष प्रचण्डले भने अहिले नेपालका कर्मचारीको काम भनेकै भ्रष्टाचार गर्ने जस्तो भएको छ यसलाई हामीले तोड्नु पर्ने छ ।
यसको अन्त्य नहुँदासम्म विकासका काम समयमै सम्पन्न हुन सकेका छैनन् । आफूले सरकार र मन्त्रालयको सचिवलाई भनेर ठूला विकास निर्माण एउटैलाई नदिन आग्रह गरेको स्मरण गर्दै उहाँले ठूलो ठेक्का एउटै ठेकेदारलाई दिने चलनले काम गरे पनि हुने नगरे पनि हुने शैली विकसित भैरहेको बताए ।
अध्यक्ष दाहालले पाँच÷सात वटा पुल एउटै ठेकेदारलाई दिदा साना निर्माण व्यवसायी रोएर हिँडेका उल्लेख गर्दै ठूला ठालुले ठेक्कामा एकाधिकार जमाएको समेत बताए ।
भूकम्प र नाकाबन्दीको समयमा निर्माण व्यवसायीहरुले काम गर्न नपाएको गुनासो विगतदेखि नै आएको बताउँदै उनले हर्जना नलगाईकन एक वर्ष समय थप्न आफ्नो पूरै पहल हुने आश्वासन दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: