प्रिमियर इन्सुरेन्सको खुद नाफा ५.८९% वृद्धि, प्रति सेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं -  गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रिमियर इन्सुरेन्सले खुद नाफा ५.८९% ले वृद्धि गरेर १९ करोड २२ लाख २३ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष प्रिमियरले १८ करोड १५ लाख १५ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 

यस त्रैमाससम्ममा इन्सुरेन्सले ८१ करोड ४२ लाख ४१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष ७४ करोड १६ लाख २५ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन भएको थियो । यता, पुनर्बिमा कमिसनबाट १७ करोड १७ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष १२ करोड ७८ लाख ३ हजार रुपैयाँ यस्तो आम्दानी भएको थियो ।

यस अवधिसम्म कम्पनीले १ अर्ब ५४ करोड ६८ लाख २७ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन रहेको छ भने कुल १ अर्ब २८ करोड ३६ लाख २६ हजार रुपैयाँ दाबी भुक्तानी गर्न सफल भएको छ । भुक्तानी हुन बाँकी दाबी रकम १ अर्ब ३ करोड १७ लाख रुपैयाँ छ । प्रिमियरको जारी बिमा लेखको संख्या १ लाख ९७ हजार ७८ पुगेको छ ।

चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६६ करोड २६ लाख ६९ हजार रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा रिजर्भ कोष निकै आकर्षक मान्न सकिन्छ । बिमा कोषको आकार पनि ३२ करोड ९८ लाखबाट बढाएर ४१ करोड ३० लाख ९० हजार रुपैयाँँ पुर्याएको छ ।

प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ९१ पैसा रहेको प्रिमियरको प्रतिसेयर नेटवर्थ भने २९० रुपैयाँ ६० पैसा छ । प्रिमियरले बिमा समितिले तोकेको न्यूनतम १ अर्ब रुपैयाँ पुँजी पुर्याउन अब हकप्रद वा बोनसको सहारा लिनुपर्ने हुन्छ ।
प्रकाशित : Sunday, August 19, 2018

recent

Popular Posts