×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम कमर्सियल बैंकको ६३ औं शाखा भक्तपुरको गठ्ठाघरमा, उत्तम नारायण श्रेष्ठले गरे उद्घाटन

काठमाडौं – प्राइम कमर्सियल बैंक लिमिटेडले मध्यपुर थिमि नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालय गठ्ठाघरको उद्घाटन बैंकको संचालक समितिका सदस्य उत्तम नारायण श्रेष्ठले गरे । उद्घाटन कार्यक्रममा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा रहेको थियो । 
यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६३ पुगेको छ । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा विस्तार गर्दै लैजाने प्रतिवद्धता जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: