×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रम ओली र थाइल्याण्डका प्रम प्रयुट चान ओ चाबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौँ  – प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चान ओ चाबीच शुक्रवार द्वीपक्षीय भेटवार्ता भएको छ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन साइडलाइनमा दुई प्रधानमन्त्रीबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
भेटवार्ताका क्रममा थाइल्याण्डका प्रधानमन्त्री चान ओ चाले नेपाललाई १५ लाख डलर (करिव १६ करोड ८० लाख रुपैयाँ) बराबरको औषधी तथा मेडिकल उपकरण हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् ।
थाइल्याण्डका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई सो सहायता सम्बन्धी शुक्रवार प्रतीकात्मक सामाग्री हस्तान्तरण गरेका हुन् । थाइल्याण्डले सो सहायता नेपालाई छिट्टै हस्तान्तरण गर्ने जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: