×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद खुल्दै, यी ठाउँबाट आवेदन दिन सकिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भदौ ५ गतेदेखि प्रोग्रेसिभ फाइनान्सले २८१% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन २२ गतेसम्म कायम रहने सेयरधनीले असोज ८ गतेसम्म भर्न सक्नेछन् । 
प्रोग्रेसिभको हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । 
प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था गरिएको छ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: