×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२८१% हकप्रदमा मूल्य समायोजनपछि प्रोग्रेसिभ फाइनान्सको कति खुल्यो सेयर कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सको २८१% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि यो फाइनान्सको सेयर भाउ १०७ रुपैयाँ ३५ पैसा कायम भएको छ र आज यहि मूल्यलाई आधार मानेर सेयर कारोबार खुलेको छ । यसको औसत आधार मूल्य भने ११७ रुपैयाँ १७ पैसा छ ।
कम्पनीले भदौ ५ गतेदेखि १ः२.८१ अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । त्यसका लागि बुधबार बुक क्लोज गरेको छ । यसआधारमा मंगलबार (साउन २२ गते) सम्म मात्र कायम सेयरधनीले असोज ८ गतेसम्म यो हकप्रदमा आवेदन दिन सक्नेछन् ।
प्रोग्रेसिभको हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । प्रोग्रेसिभको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने व्यवस्था गरिएको छ । हाल प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: