×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएसडीसीको ६०% हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न पाउने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद भर्ने आइतबार अन्तिम दिन हो । आइतबार कार्यालय समयभित्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । कम्पनीले गत असार १७ गतेदेखि २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर खुला गरेको हो । 
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । 
यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ । हाल आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । ६०% हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: