×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३३.४८ % वृद्धि हुँदा प्रतिसेयर आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथौ त्रैमासिकसम्ममा राष्ट्रिय वाणिज्य बैंकले  ४ अर्ब ८९ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३३.४८% धेरै हो । रेगुलेटरी एड्जस्टमेन्टपछि बैंकको वितरणयोग्य नाफा भने ४ अर्ब ३२ करोड ८७ लाख ५६ हजार रुपैयाँ हुन्छ । सर्वसाधारणमा सेयर जारी नभएकाले यसको नाफा नेपाल सरकारकै हातमा पर्नेछ ।
यो बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार भएपछि खुद नाफा पनि बढेको हो । खुद ब्याज आम्दानी ४०.१५% ले वृद्धि भएर १० अर्ब ५ करोड ९० लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा पनि ४२.८९% ले बढेर ६ अर्ब ६२ करोड १९ लाख ६९ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकले १ खर्ब ६९ अर्ब ३३ करोड ७० लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ४२ करोड ३४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । 
चुक्त पुँजी अहिले ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ रहेको छ । एनआइडीसी डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि चुक्ता पुँजी वृद्धि भएको हो । अघिल्लो वर्ष पुँजी ८ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ थियो । रिजर्भ कोषमा १३ अर्ब ९ करोड ९८ लाख १ हजार रुपैयाँ जम्मा भएको छ । राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ४१ पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: