कक्षा १२ मा ४ लाख विद्यार्थी पास, यसरी हेर्नुस् रिजल्ट

काठमाडौँ  – कक्षा १२ को नतिजा प्रकाशित भएको छ। नतिजा प्रकाशनका लागि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक सकिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माले नतिजा प्रकाशित भएको र सर्भरमा अपलोड भइरहेको जानकारी दिए । ‘बैठक सकियो । नतिजा प्रकाशनको निर्णय भयो । सर्भरमा अपलोड भइरहेको छ । केहीबेरमा सबैले नतिजा हेर्न सक्नुहुन्छ ।’

बोर्डले विगतमा विज्ञान संकायको नतिजा अन्य संकायको भन्दा पहिला नै प्रकाशित गर्ने गरेपनि यस वर्ष सबै संकायको नतिजा एकैपटक प्रकाशन भएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट लगयतका वेबसाइटमा हेर्न सकिन्छ । १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

सबै संकायमा गरेर १२ को नियमित परीक्षामा दुई लाख ९९ हजार ६७५ जना उत्तीर्ण भएका छन् । आंशिक परीक्षातर्फ एक लाख १७ हजार ४१४ जना उत्तीर्ण भएका छन् ।
प्रकाशित : Thursday, August 02, 2018

recent

Popular Posts