×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रामीण विकास लघुवित्तले ५०% हकप्रद ल्याउने, हकप्रद पारित गर्न असोज ५ मा बोलायो विशेष साधारण सभा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि कम्पनीले असोज ५ गते विशेष साधारण सभा बोलाएको छ । विशेष साधारणले अनुमोदन गरेपछि मात्र ५०% हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ । ग्रामीणले हाल कायम चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँको १ः०५% अनुपातमा हकप्रद जारी गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो । 
यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि विशेष साधारण सभामा पेश हुनेछ । भिन्न अंकमा रहेका १ कित्ता भन्दा कम सेयरहरुलाई पूरा १ कित्ता सेयर बनाउने प्रस्ताव पनि लगिंदैछ । विशेष साधारण सभाका लागि ग्रामीणले भदौ १८ देखि असोज ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । भदौ १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
विशेष साधारण सभा एसियन होटलको सभा हल कालिकानगर, बुटवलमा बिहान ११ः३० बजे सुरु हुनेछ । प्रस्तावित हकप्रद बिक्रीपछि ग्रामीणको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: