×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साहारा विकास बैंकको खुद नाफा १ करोड २३ लाख ८६ हजार रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय ७४.८८ रुपैयाँ

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ – साहारा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणमा बैंकको खुद नाफा १ करोड २३ लाख ८६ हजार रुपैयाँ रहेको छ  । बैंकको खुद ब्याज आम्दानी ३ करोड ५१ लाख १२ हजार रुपैयाँ छ भने सञ्चालन नाफा १ करोड ९४ लाख ४६ हजार रुपैयाँ रहेको छ । 
७ करोड २९ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ५ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ४८ करोड ८३ लाख रुपैयाँ संकलन गरी कर्जामा ३६ करोड ८१ लाख रुपैयाँ लगानी गरेको छ ।
बैंकको पुँजीकोष अनुपात ३९.६३%, प्रतिशेयर आम्दानी वार्षिक १६.९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २७.१२ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ७४.८८ रुपैयाँ र तरलता अनुपात ३३.५९% रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: