सहारा बिकास बैंकको १० लाख ४४ हजार कित्ता लिलामीमा आउँदै, कति पुग्छ चुक्ता पूँजी ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सहारा विकास बैंकको १० लाख ४४ हजार २५६ कित्ता सेयर लिलामीमा आउने भएको छ । बैंकले बिक्री खुला गरेको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर मध्ये ७ लाख ८० हजार ६१४ कित्ताका लागि मात्र आवेदन परेको छ । बिक्री नभएको १० लाख ४४ हजार २५६ कित्ता हकप्रद अब लिलामी प्रक्रियाबाट बिक्री गर्नुपर्ने हुन्छ ।

सहाराले बिक्री खुला गरेको २५०% हकप्रद सेयर मंगलबार (साउन २२ गते) बाँडफाँट भएको हो । यस हकप्रदमा ३ हजार ७७९ जनाले आवेदन दिएका थिए । बैंकले जेठ ६ गतेदेखि असार २४ गतेसम्म १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर बिक्रीपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । सहारा देवः विकास बैंकमा मिसिने प्रक्रियामा छ ।
प्रकाशित : Friday, August 10, 2018

recent

Popular Posts