×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

समताको ५०% हकप्रद भर्ने मंगलबार अन्तिम दिन, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्न अब २ दिन मात्र समय बाँकी रहेको छ । यो हकप्रद साउन २९ गतेसम्म मात्र खुला रहनेछ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । 
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ । त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: