×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

साना किसानको खुद नाफा २१.२२% वृद्धि, खुद ब्याज आम्दानी कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षको चौथो त्रैमासमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले बैंकले ४० करोड ८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको  तुलनामा २१.२२% ले बढी हो । गत आवमा साना किसानले ३३ करोड ६ लाख ६७ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।
यस अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा समेत सुधार देखिएको छ । अघिल्लो आवको चौथो त्रैमासमा ६३ करोड ८२ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यो वित्तीय संस्थाले गत आवको सोही अवधिमा ७६ करोड ३२ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा ५१ करोड ८२ लाख ५३ हजार रुपैयाँबाट बढाएर ६० करोड १९ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
साना किसानको चुक्ता पुँजी ६२ करोड ८८ लाख २७ हजार रुपैयाँ छ । अघिल्लो वर्ष पुँजी ५० करोड ३० लाख ६२ हजार रुपैयाँ थियो । यसको जगेडा कोष निकै आकर्षक देखिएको छ । जगेडा कोषमा अहिले १ अर्ब ३७ करोड ७५ लाख ५ हजार रुपैयाँ जम्मा भएको छ । साना किसानको प्रतिसेयर आम्दानी ६३ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ३१९ रुपैयाँ ६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: