×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकले गर्यो प्रगति, खुद नाफामा १९.९९% वृद्धि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : सिद्धार्थ बैंकले नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो त्रैमासमा बैंकले २ अर्ब ४५ करोड ९७ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १९.९९ % धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ४ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, बैंकले खुद नाफामा ६० करोड ४९ लाख ३१ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टपछि १ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ बाँकी रहने देखाएको छ । यो रकम बैंकले लाभांशको रुपमा वितरण गर्नसक्नेछ । सिद्धार्थले यो त्रैमाससम्मा ३ अर्ब ५१ करोड ३८ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३३.७५% धेरै हो । अघिल्लो वर्ष सिद्धार्थले २ अर्ब ६२ करोड ७१ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि २ अर्ब ४१ करोड रुपैयाँबाट बढाएर ३ अर्ब २५ करोड ४६ लाख ४५ हजार रुपैयाँ पुर्याएको छ । बैंकले खराब कर्जा पनि १.१५% बाट सुधार गरी यो त्रैमासमा १.०५% मा सीमित गरेको छ ।
सिद्धार्थको चुक्ता पुँजी ८ अर्ब ४६ करोड ४३ लाख ८५ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५ अर्ब ८५ करोड ९ लाख ३ हजार रुपैयाँ छ । सिद्धार्थले निक्षेप संकलन पनि ७७ अर्बबाट बढाएर १ खर्ब १ अर्ब ७४ करोड ८२ लाख ४३ हजार रुपैयाँ पुर्याएको छ । त्यस्तै, कर्जा लगानी पनि ६७ अर्ब १३ करोडबाट बढाएर ८६ अर्ब १३ करोड ३३ लाख १५ हजार रुपैयाँ पुर्याएको छ ।
सिद्धार्थले असार मसान्तसम्ममा २८ करोड ४४ लाख ७ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने सम्भावित जोखिमको लागि ३२ लाख ८९ हजार रुपैयाँ छुट्याएको छ । कस्ट अफ फन्ड ५.४०% बाट बढेर ७.६३% भएको छ । त्यस्तै, कर्जा निक्षेप अनुपात भने ७६.७१% बाट घटेर ७४.२३% भएको छ । प्रतिसेयर आम्दानी २९ रुपैयाँ १ पैसा रहेको सिद्धार्थको प्रतिसेयर नेटवर्थ भने १५० रुपैयाँ ४९ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: