×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद भर्न अब ३ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं – सिद्धार्थ इन्सुरेन्सको ३५% हकप्रद भर्न अब ३ दिन मात्र समय बाँकी रहेको छ । यो हकप्रद साउन २० गतेसम्म भर्न पाइने छ । सिद्धार्थले असार १७ गतेदेखि १०ः३.५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  वैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन्।
यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल सिद्धार्थको चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: