×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उठाउने होइन त मौकाको फाइदा ? देशभरका ८० अस्पतालमा सनराइज बैंकका ग्राहकलाई विशेष छुट !

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । जस अनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने छन् । 
कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र जस्को प्राप्तिको लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ । 
यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट wwww.sunrisebank.com.np मार्फत प्राप्त गर्न सकिनेछ । 
उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकवाट रु १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाख सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: