×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सूर्या लाइफको सेयर लिलामी भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्सको ७४ हजार ३८४ कित्ता सेयर लिलामी भर्ने बुधबर अन्तिम दिन रहेको छ । कम्पनीले साउन १६ गतेदेखि संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारण समूको ७१ हजार ९५ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । सबै कित्ता लिलामी बिक्री भएपछि सूर्याको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: