×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राजीनामा दिएको १५ दिनमै शेरबहादुरले गरे प्रशंसनिय काम

काठमाडौँ – पूर्व कानुन मन्त्री शेरबहादुर तामाङले मन्त्री पद छाडेपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद वा राजनीतिक नियुक्ति लिने व्यक्तिले पद धारण गर्ने वित्तिकै सम्पत्ति विवरण सार्वजनिक गनुपर्छ ।
पद छाडेको १५ दिन भित्रमा आफ्नो सम्पत्ति पुनः सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान अनुसार तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका छन् । सार्वजनिक पदमा बस्ने व्यक्तिहरुले पद छाडेपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने भएपनि सार्वजनिक गरिएको पाइँदैन ।
तामाङले भने थिती बसाल्नका लागि आफूले पद छाडेको १५ दिन समयावधी भित्रै सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका छन् । तामाङले आफूले मन्त्री पद धारण गरेपछि ४८ हजार रुपैयाँ सम्पत्ति बढेको विवरण सार्वजनिक गरेका छन् ।
काठमाण्डुमा एक पत्रकार सम्मेलन गर्दै तामाङले विवरण सार्वजनिक गरेका हुन् । साथै उनले आफूले पदमा हुँदा धेरै कानुनहरुको निर्माण अन्तिम चरणमा पुर्‍याएकोले अब ती कानुनहरुलाई चाडै पारित गरेर कार्यान्वयनमा ल्याउन सुझाव समेत दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: