युनियन हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब भदौ १२ गतेसम्म भर्न पाइने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - युनियन हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दालाई आइपीओ भर्ने म्याद थप गरेको छ । अब स्थानीय बासिन्दाहरुले भदौ १२ गतेसम्म आइपीओ भर्ने पाउने छन् । युनियनले आइपीओ भर्ने म्याद छिटोमा सोमबार (साउन २८ गते) सम्म भनेकामा यस अवधिमा आवश्यकता अनुसार आवदेन नपरेपछि म्याद थपेर ढिलोमा भदौ १२ गतेसम्म भर्न सकिने बनाइएको हो ।

युनियनले लमजुङ जिल्लाका आयोजना प्रभावितलाई साउन १४ गतेदेखि ७ लाख ५० कित्ता आइपीओ खुला गरेको हो । पछिल्लो समय पुँजी बजारमा गिरावट आएपछि त्यसको असर आइपीओमा पनि देखिन थालेको छ । 

यसमा लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीयले आवेदन दिन पाउनेछन् । यसैगरी, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओ भर्न सक्नेछन् ।

यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइन्छ । युनियनको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बसिसहर शाखाबाट आवेदन दिन सकिनेछ ।

यसैगरी, कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । युनियन हाइड्रोको आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन पाइन्छ ।
प्रकाशित : Monday, August 13, 2018

recent

Popular Posts