×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देशका लागि लडेका बीर योद्धाहरुको ‘तलव कथा’ : बलभद्र कुँवरको तलव १० रुपैयाँ, अरु बीर योद्धाहरुको कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बलभद्र कुँवर । यो नाम जतिको ऐतिहासिक छ, उतिकै साहसी पनि छ । नालापानीको युद्धको कथादेखि बीर नेपालीको गाथासम्ममा बलभद्र कुँवरको प्रसङ्ग आउँछ । तर बलभद्र कुँवरको त्यतिबेलाको तलव कति थियो होला ? कसैले नसोचेको तर रोचक विषय बन्न सक्छ यो । इतिहास नै खोतल्ने हो भने पहिले नेपालका सेनालाई जागिरबापत जग्गाजमिन दिने चलन थियो । तर बलभद्र कुँवरको हकमा त्यस बेला पञ्जाबकेशरी रणजित सिंहले गोर्खालीहरू र त्यसमा पनि उपल्ला दर्जाका सैन्य अधिकृतलाई आकर्षक तलब दिएको इतिहासका दस्तावेजहरुमा देखिन्छ । राम्रो काम गर्नेलाई तलव बढाएको तथ्य पनि विभिन्न दस्तावेजहरुमा उल्लेख छ ।
इतिहासका यी दस्तावेजहरु खोतल्ने हो भने ‘पूर्णिमा’को पूर्णांक ५ (वैशाख २०२२: ६५-६९) मा नेपाली इतिहासका महत्त्वपूर्ण स्रोतका रूपमा लाहोरबाट आएका केही पत्रहरू इतिहासकार दिनेशराज पन्तले छपाएका छन् । तीमध्ये सबैभन्दा बढी अमरसिंह थापाका छोरा भूपालको तलब देखिएको छ । उनको तलब पहिलो दिनको १८ रुपैयाँ रहेको उल्लेख छ । अर्जुन थापाको तलव पहिले दैनिक सात रुपैयाँ थियो । तर उनले जुवा खल्ने गोर्खालीहरुलाई झाप्पड हानेपछि उनको तलव दिनको १० रुपैयाँ पुगेको थियो । यस्तै अर्जुनका छोराको तलब दैनिक सात रुपैयाँ रहेको पत्रमा उल्लेख छ।
कप्तान बलभद्र कुँवरको तलबकथा पनि निकै रोचक छ । उनको तलव पहिले दैनिक १० रुपैयाँ थियो । पछि पाँच रुपैयाँ थपियो र दैनिक १५ रुपैयाँ पुर्याइएको थियो । उनलाई पुरानो गोर्खाली पल्टन पनि जिम्मा दिइएको थियो । लाहोरबाट भीमसेन थापालाई माघ सुदि १३ रोज ६ मा सुवेदार बलमालि पन्त, सुवेदार उमेदसिंह ठाकुर, सुवेदार म्वानासिंह खत्री, सुवेदार दलसिंह भण्डारी र अन्य जमदारहरूसहितले लेखेको पत्रमा विभिन्न दर्जाका लाहुरेहरूले कति तलब खान्थे भन्ने खुलाइएको छ । सो पत्रअनुसार सुवेदारको तलब दैनिक दुई रुपैयाँ, जमदारको मासिक २५ रुपैयाँ र सिपाहीको मासिक आठ रुपैयाँ थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: