×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

‘फोब्र्स लिष्टेड’ अर्वपतिको कम्पनीको ‘गैरकानुनी’ धन्दा, समाजसेवाका नाममा गुरुकुलको ‘अवैध’ सञ्चालन !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- फोब्र्समा नाम दर्ज गराएका नेपालका अर्वपति विनोध चौधरीले नियम मिचेर काम गरेको खुलासा भएको छ । सम्बन्धित निकायको नियम मिचेर ठूलो हुनुको दादागिरी देखाउंदै उनले गैरकानुनी काम गरेको खुलासा भएको हो । चधरी ग्रुपका मालिक अध्यक्ष रहेको आश्वत धाममा सञ्चालन भइरहेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमति पाएको भन्दा बढीको कक्षा संचालन गरेर गैरकानुनी काम गरेको हो । गुरुकुलले कक्षा ६ र ७ कक्षा सम्म पढाउन पाउने अनुमति पाएको भएपनि नियम मिचेर उक्त विद्यालयमा कक्षा ८ पनि संचालन भइरहेको पाइएको छ । अर्थ सरोकार डटकमले संकलन गरेका प्रमाणमा गुरुकुलले कक्षा ६ र ७ को मात्र अनुमति लिएको छ । तर ठुलो हुनुको दादागिरी देखाउँदै गुरुकुलले अनुमति विना नै कक्षा ८ को पढाइ पनि सञ्चालन गरेको छ । 

प्रबन्धकको गैरजिम्मेवार अभिव्यक्ति, ‘मौखिक रुपमा अनुमति लिएका छौं’
यस विषयमा बुझ्न हामीले सीजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धिताललाई सम्पर्क गरेका थियौं । उनले त आफुहरुले कक्षा ८ को पढाइ संचालन गर्न मौखिक अनुमति लिएको गैरजिम्मेवार अभिव्यक्ति दिए । ‘गुरुकुलले कक्षा ६ देखि ८ कक्षा सम्म विद्यार्थीरुलाई अध्यापन गराउने गरेको साँचो हो । हामीले कक्षा ७ सम्म अनुमति लिएको कुरा पनि ठिक हो । तर कक्षा ८ सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा इकाइमा निवेदन दिईसकेका छौं । शिक्षा शाखाका अधिकृतहरुले मौखिक रुपमा सञ्चालन गर्ने अनुमति दिएपछी हामीले कक्षा ८ को पढाइ पनि पनि सञ्चालन गरका हौँ ।’ उनले भने । यता सिजी शाश्वत धामका सिइओ नारायण श्रेष्ठले आफ्नो स्कुल नाफारहित भएकाले यस्ता विवाद गर्न नहुने बताएका छन् । कर्मकाण्ड गुरुकुल स्कुलले कुनै पनि कानुन विपरीत कार्य नगरेको उनको तर्क छ । 
के भन्छन् सम्बन्धित निकायका प्रतिनिधि ?
यस विषयमा हामीले जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्ण पोख्रेललेसँग कुराकानी गरेका थियौं । अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले मौखिक अनुमतिको कुनै पनि व्यवथा नभएको र मौखिक अनुमतिका भरमा कसैले पनि कक्षा सञ्चालन गर्न नपाउने स्पष्ट पारेका छन् । ‘मौखिक सहमति भन्ने हुँदैन । जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले अनुमति दिएपछी मात्र कक्षा संचालन गर्न पाइन्छ ।’ उनले भने । यता देबचुली नगरपालिका नगर शिक्षा अधिकृत मोती प्रसाद रिजालले भने विद्यालयले कक्षा ८ सञ्चालनको लागि नगर शिक्षा कार्यालय देवचुलीमा निवेदन दिएको तर उक्त प्रक्रिया टुंगोमा नपुगीसकेको बताएका छन् । ‘अनुमति मागिएको छ तर दिईसकिएको छैन ।’ उनले अर्थ सरोकार डटकमसँगको कुराकानीमा भने । यता वलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) का प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले यस विषयमा अन्य पत्रकारहरुले पनि आफुलाई सोधेकाले यस विषयमा अनुगमन गरी के कसो भएको हो पत्ता लगाउने बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: