×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभेरेष्ट बैंकको वित्तीय विवरणमा झुक्किए लगानीकर्ता, नाममात्रको ‘एनएफआरएस’ कार्वानयन ‘ईपीएस’ मै गडबड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एभरेष्ट बैंकले एनएफआरएस अनुरुप भन्दै आर्थिक बर्ष २०७४-७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर बैंकले लगानीकर्ता झुक्याउनेगरी विवरणपत्र सार्वजनिक गरेको छ । एनएफआरएस अनुरुपको ढाँचामा खुद मुनाफाबाट समायोजन गर्नुपर्ने रकम नै बैंकको विवरणमा नदेखिएपछी लगानीकर्ता झुक्किएका हुन् । यहि कारण बैंकले जवरजस्त रुपमा बितरणयोग्य मुनाफा २ अर्ब ७० करोड हो भन्ने भ्रम सिर्जना गराएको छ । 
नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा वा नोक्सानको गणना गर्नुपर्ने हो । विवरणमा उल्लेख भएअनुसार खुद मुनाफा २ अर्ब ७८ करोड देखिएको र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८६ करोड १२ लाख रुपैयाँ समायोजन गर्दा वितरणयोग्य खुद मुनाफा १ अर्ब ८४ करोड भएको बैंकको वित्तीय बिबरणमा उल्लेख छ । बैकको वितरणयोग्य मुनाफाका आधारमा बैंकले करिब २३ प्रतिशत लाभांश दिने क्षमता राखेको देखिन्छ । यद्यपी यस अवधिमा बैकको पुंजी पर्याप्तता अनुपात १४.९७ प्रतिशत मात्र भएको अवस्थामा बैंकले वितरणयोग्य मुनाफाबाट मिश्रित लाभांश दिन सक्ने देखिएको छ । विभिन्न बैंकहरुले भर्खरैमात्र एनएफआरएस अन्तर्गत वित्तीय विवरण तयार गरिरहँदा बैंकले भने लगानीकर्ता झुक्याउने काम गरेको हो । 
सार्वजनिक भएको विवरण अनुसार बैंकले गत आर्थिक बर्ष २ अर्ब ७० करोड खुद मुनाफा गरेको छ । अघिल्लो आर्थिक बर्ष बैकले २ अर्ब ५ करोड खुद मुनाफा गरेको थियो । यता बैंकले प्रति सेयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा देखाएको छ । जवकी बैंकको खुद मुनाफा २ अर्ब ७० करोडलाई आधार मान्दा प्रति सेयर आम्दानी ३३ रुपैयाँ हुन आउँछ । यो कुरामा पनि लगानीकर्ता अल्मलिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: