×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE : कैलाश बिकास बैंकमा एक करोडको ‘एफडी काण्ड’, हकवालालाई खबर नै नगरी खाताबाटै रकम गायब

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कहिले नियमविपरित सञ्चालक रहेको काण्ड त कहिले उमेरहदभन्दा बढी उमेर भएका व्यक्तिलाई करारमा राखेको काण्ड । काण्ड नै काण्ड रहेको कैलाश बिकास बैंकमा अर्को डरलाग्दो काण्ड घटेको खुलासा भएको छ । आफ्ना पतिको नाममा रहेको एक करोड रुपैयाँको ‘फिक्स्ड डीपोजिट’ आफुलाई थाहा नै नदिई आफ्ना एक छोरालाई बैंकले सुटुक्क दिएपछी बैंकमा ठूलो ‘लफडा’ निस्किएको छ । बैंकले हकवालालाई खबर नै नगरी, पत्रिकामा सूचना प्रकाशन गर्नुपर्ने सामान्य प्रक्रिया समेत पूरा नगरी कोहि व्यक्ति विशेषलाई करोडौं रुपैयाँ दिएपछी अहिले आफ्ना पतिको नाममा रहेको रकम झिक्न पत्नी र आफ्ना बाबुको नाममा रहेको रकम आफ्नै दाइले मात्र लगिदिएपछी अर्का छोरा प्रहरीको शरणमा पुगेका छन् । करिव ८३ बर्षकि बुढी आमा बैंकले आफ्नो पतिका नाममा रहेको करोड रुपैयाँ खाइदिएको भन्दै बैंकमै रुवावासी गरिन् । तर उनको सुनुवाई कसैले नगरेपछी केस प्रहरीकहाँ पुग्यो ।  
यस्तो छ घटनाको विवरण 
राम कृष्ण आचार्यका नाममा कैलाश बिकास बैंकमा एक करोड रुपैयाँको ‘फिक्स्ड डिपोजिट’ थियो । उनका एक छोरा पाइलट हुन् र विदेशमा बस्ने गरेका छन् । छोराको नाम रमेश आचार्य हो । जसले कैलाश बिकास बैंकका सीईओ अमृतचरण श्रेष्ठकै सल्लाहमा बैंकमा आफ्नो बाबुको रकम एक करोड रुपैयाँ फिक्स्ड डिपोजिटमा राखिदिएका थिए र सोको ब्याजले नेपालमा आमा- बुबाको खर्चबर्च चलिरहेको थियो । केहि समयपछी राम कृष्ण आचार्यको मृत्यु भयो । मृत्युपश्चात निश्चित प्रक्रिया पूरा गरेर उक्त फिक्स्ड डिपोजिट ‘ब्रेक’ गर्नुपर्ने थियो । त्यसका लागि हकदावीका लागि को-को छन् भन्ने सूचना पत्रिकामा पनि छाप्नुपर्थ्यो । तर कैलाश बिकास बैंकका सीईओ अमृतचरण श्रेष्ठको ठाडो निर्देशनमा कुनै पनि प्रक्रिया पूरा नगरी उक्त रकम सुटुक्क छोरा रमेश आचार्यलाई दिएर पठाइयो । बैंकका कतिपयले पत्रिकामा सूचना जारी गर्नुपर्ने भन्ने राय दिएपनि आफ्नो रिलेसनमा आएको क्लाइन्ट भएकाले केहि पनि गर्नु पर्दैन भन्दै सीईओले ‘अप्रुभल’ उठाए । र कानुन मिचेर १ करोड रुपैयाँ रमेश आचार्यलाई दिएर पठाए । त्यसपछी लफडा सुरु भयो ।
पीडीत पत्नी र छोरा प्रहरीको शरणमा, राष्ट्र बैंकसम्म पनि पुग्यो केस !
जव आफ्ना पतिका नाममा रहेको रकम आफुलाई समेत थाहा नै नदिई बैंकले आफ्नो छोरालाई दिएर पठाएको कुरा आमाले थाहा पाइन्, उनी र उनका एक अर्का छोरा बैंक पुगे । बैंकमा अमृतचरण श्रेष्ठले उल्टो दादागिरी देखाएपछी यो केस प्रहरीकहाँ पुग्यो । प्रहरीमा हुँदै यो केस राष्ट्र बैंकको गुनासो व्यवस्थापनसम्म पुग्यो । अहिले यो केसको छानविनका लागि बैंकका सीईओ श्रेष्ठ प्रहरी र राष्ट्र बैंक धाइरहेका छन् । तर कानुनी रुपमा निकै अफ्ट्यारो मुद्धामा परेपछि अहिले आचार्य परिवार र बैंकका सीईओ श्रेष्ठ दुवै तनावमा परेका छन् । यसो त कैलाश बिकास बैंकले सिद्धार्थ बैंक (जहाँ कैलाशबाट पैसा निकालेर रमेश आचार्यले डिपोजिट गरेका थिए)लाई पत्र काटी उक्त खाता रोक्का गर्न अनुरोध गरीसकेको छ । तर सीईओ श्रेष्ठको दादागिरीका कारण बैंकको यो प्रकरण अहिले नेपाली बैंकिङ बजारमा चर्चाको विषय बनेको छ । उक्त रकम अहिले छोरा रमेश आचार्यले सिद्धार्थ बैंकमा राखेका छन् । 
सबैका आ-आफ्नै दावी, सीईओ बोल्ने चाहादैनन् !
यता यस विषयमा परिवार सदस्यहरुको पनि आ-आफ्नै दावी छ । उक्त रकम आफैंले बुबाको नाममा राखेको र बुबाको निधनपश्चात आफुले लागेको दावी रमेश आचार्यको छ । तर कानुनत: बाबुको नाममा पैसा भएपछि त्यसका अंशियारको मन्जुरी विना उक्त रकम कसैलाई पनि दिन नमिल्ने स्पष्ट कानुन हुँदा हुँदै पनि बैंकका सीईओको मनपरीले उक्त रकम सुटुक्क छोरा रमेश आचार्यलाई दिईएको थियो । पत्रिकामा हकदावी गर्न आउने सूचना समेत ननिकाली यसरी पैसा निकालेर सीईओले पनि घुस खाएको परिवारका अन्य सदस्यहरुको आरोप छ । आफ्ना बाबुको नाममा रहेको रकम आफुले पनि अंशियारकै रुपमा पाउनुपर्ने अर्का छोराको दावी छ । 
यस विषयमा बुझ्न हामीले कैलाश बिकास बैंकका सीईओ अमृतचरण श्रेष्ठलाई फोन गरेका थियौं । तर उनी सम्पर्कमा नै आएनन् । हामीले उनलाई पटक पटक फोन गरी यसबारेमा बुझ्न चाहंदा पनि उनले हाम्रो फोन नै उठाएनन् । त्यसपछी हामीले यसबारेमा बुझ्न बैंकमा रहेको हाम्रो गोप्य स्रोतसँग सम्पर्क गर्यौं । ‘हो ! अहिले यो एक करोडको एफडी प्रकरण राष्ट्र बैंकको गुनासो व्यवस्थापनसम्म पुगेको छ ।’ स्रोतले भन्यो, ‘सरासर बैंकको गल्ती देखिएको छ । सीईओले चिनेकै आधारमा कानुन मिच्ने प्रयास गर्दा यस्तो भएको हो । यसमा सीईओ सापले पनि घुस खानुभो भन्ने आरोप परिवारका अन्य सदस्यहरुले लगाईरहेका छन् । अव राष्ट्र बैंकको गुनासो व्यवस्थापन र प्रहरीले नै यो कुरा मिलाउला ।’          
नियममा के छ ?
नियम अनुसार स्पष्ट रुपमा कोहि बचतकर्ताको मृत्यु भएमा यस विषयको जानकारी सार्वजनिक रुपमा नै गर्नुपर्छ । सार्वजनिक सूचना पत्रिकामा निकालेर हकावालाहरुलाई हकदावी गर्नका लागि आह्वान गर्नुपर्ने कानुनी प्रक्रिया छ । कोहि बचतकर्ताको  निधन भएमा उसका अंशियार को को छन् भन्ने पहिचान गरी सोहि अनुसार उक्त रकम बाँडफांड गरिनुपर्छ । तर बैंकका सीईओको दादागिरीका कारण बाबुको नाममा रहेको रकम एउटा छोराले लागेपछि समस्या आइपरेको हो ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: