EXCLUSIVE : सिटिजन्स बैंकमा फेरि अर्को 'सुन-काण्ड', 'गोल्डचेकर'ले ४ करोड रुपैयाँको सुन घर लगेको खुलासा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सिटिजन्स बैंकबाट ग्राहकले लकरमा राखेको र ऋणको धीतोमा राखेको सुन गोल्ड चेकरले साट्ने गरेको खुलासा भएको केहि समयपछाडी सिटिजन्स बैंकमा सोहि प्रकृतिको अर्को घटनासमेत भएको खुलासा भएको छ । यसअघि बैंकको कुपन्डोल ब्रान्चबाट ग्राहकको सुन साटीने गरेको खुलासा भएपछी बैंकले त्यहाँका गोल्ड चेकरलाई निलम्बन गरी क्षतिपूर्ति भराएको थियो । अहिले नजिकै रहेको अर्को साखा कुमारीपाटिमा सोहि प्रकृतिको घटना सार्वजनिक भएको छ । घटना सार्वजनिक भएसंगै बैंकमा कार्यरत गोल्ड चेकरलाई निलम्बन गर्ने तयारी बैंकले गरेको छ भने यस विषयमा थप अनुसन्धान पनि थालेको छ । केहि समय अगाडी कुपन्डोल ब्रान्चमा यस्तो घटना घट्दा पनि बैंकले आन्तरिक अनुसन्धान गरी दोषी भेटिएका कर्मचारीलाई निलम्बन गरेको थियो ।   

यस्तो छ घटनाको विवरण :
'अडिट'का क्रममा बैंकको कुमारीपाटीस्थित ब्रान्चमा रहेको सुन गोल्डचेकरले घर लैजाने गरेको र साटेर ल्याउने गरेको खुलासा भएको हो । गोल्ड चेकरले करिव ४ करोड रुपैयाँ 'लोन अमाउन्ट' बराबरको सुन घर लैजाने गरेको रहस्य खुलेको हो । केहि समय अगाडी कुपन्डोल ब्रान्चमा सुन हराएको पुष्टी हुँदा पनि त्यहाँका गोल्ड चेकरले कुमारीपाटी ब्रान्चका कर्मचारीले आफुलाई बैंकले भने अनुरुप कागजमा सहि गर्न दवाव दिएको समेत खुलासा गरेका थिए । यो कुरा बाहिर आएपछि कुमारीपाटीमा पनि गोल्डचेकरले बदमासी गर्ने गरेको शंका गरिएको थियो । त्यतिबेला नै कुपन्डोल ब्रान्चको काण्डमा कुमारीपाटि ब्रान्चबीच केहि न केहि गढबढ छ भन्नेसमेत शंका गरिएको थियो । नभन्दै सोहि शंका राखेर अडिट गर्दा यस्तो खुलासा भएको बैंक स्रोतले दावी गरेको छ । ब्रान्चमा अडिटका क्रममा सुन गोल्डचेकरले घर लैजाने गरेको पाइएपछी बैंकभित्र यसबारेमा अन्तरिक अनुसन्धान भइरहेको बैंक स्रोतले बताएको छ ।

के भन्छन् कुमारीपाटिका ब्रान्च मेनेजर र बैंकका प्रतिनिधि ?
यस विषयमा बुझ्न हामीले बैंकको कुमारीपाटी ब्रान्चका ब्रान्च मेनेजर मधुसुधन चौलागाईंलाई सम्पर्क गरेका थियौं । 'कुमारीपाटि ब्रान्चबाट पनि सुन हराएको भन्ने कुरा के हो ?' भन्ने प्रश्नमा उनले केहि आत्तिएको श्वरमा भने, 'यो कुरा गलत हो । बाँकि कुरा हाम्रो प्रवक्ता म्याम हुनुहुन्छ, उमङ्ग शर्मा, उहाँलाई सम्पर्क गर्नुहोला ।' उनले हामीसँग केहि थप कुरा नै गर्न चाहेनन् । त्यसपछी हामीले यस विषयमा बुझ्न बैंककि प्रवक्ता उमङ्ग शर्मालाई सम्पर्क गर्यौं । उनले आफु तत्काल कुरा गर्न नसक्ने भन्दै बैंकका पूर्व प्रवक्ता रहेका बोदराज देवकोटासँग सम्पर्क गर्न आग्रह गरिन् । त्यसपछी हामीले बोदराज देवकोटालाई सम्पर्क गर्यौं । सुरुमा उनी पनि प्रवक्ता उमङ्ग शर्मा भएकाले उनैसँग कुरा गर्न आग्रह गरे । तर हामीले उमङ्ग मेडमले नै तपाईंसँग कुरा गर्नु भन्नुभएको छ भन्ने जानकारी दिएपछी उनले यस विषयमा भने, 'प्याकुरेलजी पनि कसरी कसरी कहाँ-कहाँ बाट के के थाहा पाउनुहुन्छ । मलाइचाहिं यस विषयमा कुनै जानकारी छैन ।'

सिटिजन्स बैंकका यी समाचार छुटाउनु भयो कि ?










प्रकाशित : Thursday, August 02, 2018

recent

Popular Posts