×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हिमालयन बैंकले ठग्यो’ भन्दै सडकमै ओर्लिए यी ग्राहक, ‘अदालतको आदेशलाई समेत बैंकले लगौंटी लगाइदियो’

  • अर्थ सरोकार सम्बाददाता 
धरान- कर्जा तिरिसक्दा पनि कालोसूचीबाट नहटेपछी हिमालयन बैंकविरुद्ध एक ग्राहक नेपाल राष्ट्र बैंक पुगेको घटना सेलाएको छैन । सोहि बैंकले आफुलाई ठगेको भन्दै एक विदेशी कम्पनीले नेपालमा पत्रकार सम्मेलन नै गरेर बैंकको कर्तुत सार्वजनिक गरेपछि अहिले सो प्रकरण पनि राष्ट्र बैंकमा पुगेको छ र अदालत पुग्ने तरखरमा छ भन्ने खबर पनि सेलाएको छैन । यहि क्रममा हिमालयन बैंकका एक ग्राहक बैंकको ज्यादतीविरुद्ध सडकमै ओर्लिएको खबर छ । ‘ नागरिक ठग्ने बैंक हिमालयन बैंक, ‘ठगि बैंकको भण्डारफोर’ लेखिएको ब्यानर बोकेर पूर्णबहादुर घिमिरे यसरी सडकमै निस्किएपछी अहिले यो विषय बैंकिङ क्षेत्रमा चर्चाको विषय बनेको छ । 
भएको के हो ?
आफुलाई हिमालयन बैंक पीडीत भन्ने धरानका पूर्ण बहादुर घिमिरेका अनुसार उनले हिमालयन बैंकको धरान शाखासँग लिएको कर्जा बुझाइसके पनि झण्डै ६३ हजार रुपैयाँ बैंकले बढी असुली गरेपछि उनले उक्त औस्ली गैरकानुनी भएको भन्दै स-प्रमाण फिर्ता माग्दा पनि बैंकले नदिए पछी उनी अदालत गएका थिए । बैंकलाई रकम बुझाएको सबै नगदी भौचर प्रमाणका रुपमा पेश गरी उनले अख्तियार दुरुपयोग निवारण आयोग, जिल्ला प्रशासन, जिल्ला अदालत, पूनरावेदन अदालत देखी सर्वोच्च अदालत सम्म मुद्धा लगाएका थिए । उनका अनुसार सर्वोच्च अदालतले समेत पूर्णहादुर घिमिरेले बैंकलाई बुझाउनुपर्ने भन्दा बढी रकम बुझाएकोले उक्त बढी रकम फिर्ता गर्न आदेश दिएको छ । ‘जिल्ला अदालतदेखि सर्वोच्चको फैसलालाई समेत हिमालयन बैंकले लगौंटी लगाईदिएको छ । यसरी थुप्रै रकम यो बैंकले पचाएको हुनुपर्छ । सबै ग्राहक र व्यवसायीलाई म यो ‘ठग’ बैंकदेखि सचेत हुन आग्रह गर्दछु ।’ उनले सडकमै भाषणका क्रममा भनेका छन् । उनले बैंकलाई बुझाएको नगदको भौचर र अदालतको फैसला नै बोकेर सडकमा ओर्लिएका छन् । 
उनका अनुसार अदालतको फैसाल, प्रशासनको निर्दैशन आएपछि पनि भुक्तभोगी ग्राहकले बढी बुझाएको रकम फिर्ता नगर्न बैंकले उनिहरुको चार्टर्ड एकाउन्टेन्ट लाई प्रयोग गरी हिसाबमा जालसाजी गर्न खोजेको बताए । ‘नैतिकता र आचार संहिता उल्लंघन गर्दै बैंकसँग मिलेर ग्राहकलाई अन्याय गर्ने चार्टड एकाउन्टेन्टका विरुद्ध नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थामा लाइसेन्स खारेजीका लागि मुद्धा लगाउने तयारीमा छु । सबैले सहयोग गरिदिनु पर्यो ।’ भाषणका क्रममा उनले भनेका छन् ।
यस्तो छ अदालतको फैसला !
भाषणकै क्रममा घिमिरेले दिएको जानकारी अनुसार उनले २०६३ सालमा हिमालयन बैंकको धरान शाखाबाट ओडि र सुविध गरी दुई खाताबाट कुल १४ लाख ७५ हजार रुपया ऋण लिएको थिए । बैंकको नियम अनुसार उनले उक्त ऋणको व्याज र साँवाको किस्ता भुक्तान गर्दै आएका थिए । सबै कर्जा चुक्ता गर्दा गैरकानुनी रुपमा बढी रकम असुलेको भन्दै उनले त्यसको प्रतिवाद गरे । बैंकबाट कुनै पनि सुनुवाई नभएपछी उनी अदालत गए । उनको मुद्धामा सुनवाई गर्दै सर्वोच्च अदालत संयुक्त इजलासका न्यायाधिशव्दय जगदीश शर्मा पौडे र केदारप्रसाद चालिसेबाट भएको फैसलामा यसअघि २०७१ असार १० गते पुनरावेदन अदालत विराटनगरका न्यायाधिशव्दय शिवचरण यादव, राजकुमार वनको संयुक्त इजजासले गरेको फैसाल सदर गर्दै भनिएको छ–‘विपक्षीले पुनरावेदन बैँक विरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैँकसमक्ष रकम फिर्ता माग गरी निवेदन दिनुभएकोमा सो निकायहरुमा बैँकले सम्पूर्ण साँवा व्याज हिसाब विवरण पेश पेश प्रतिउत्तर जिकिर हेर्दा विपक्षी बैँकले राखेको हिसाब विवरणमा चित्त नबुझाएको अवस्था देखिन्छ । बैँकले राखेको हिसाब विवरणमा सेवाग्राहीले चित्त बुझ्ने तवरले पुनः परीक्षण गराई पाऊँ भन्ने माग दाबी न्यायिक नै हुने देखियो ।’
फैसलामा अगाडी भनिएको छ, ‘ऋणी पुनरावेदनले परीक्षणका लागि माग दाबी गर्दागर्दै पनि विपक्षी बैँकले वादीको मागदाबीलार्य बेवास्ता गर्दै नियमित तवरले हुने नियमनलाई नै आधरा बनाइरहेको अवस्था देखिन्छ । नियमित व्याज तिरी आएकोमा अन्तिम किस्ताको रकम बुझाउँदा बढी रकम असुल उपर गरेकोले अन्यायमा परेकोले पुनः हरहिसाब गराई पाऊँ भन्ने वादीले जिकिर लिएकोमा सो सम्बन्धमा बैँकले कारोबार गर्दाको अवस्थामा कुनै बेहोरा खुलाई नियमित किस्ता भन्दा बढी लिन पर्ने कारण खुलाई कुनै जानकारी दिएको अवस्था समेत मिसिल संलग्न कागजातहरुबाट नदेखिएकोले वादी प्रतिवादीबीच भएको कर्जा, तिरे बुझाएको सावा, व्याज समेतको विवरण पुनः परीक्षण भई निक्र्यौल गर्नुपर्दैन भन्नु न्यायोचित पनि देखिएन । तसर्थ, वादी दाबी पुग्न नसक्ने भनी सुनसरी जिल्ला अदालतबाट मिति २०७०।०२।०९ मा भएको फैसला मिलेको नदेखिँदा उल्टो भई बैँकले नियुक्त गरेको मान्यता प्राप्त अडिटरबाट पुनरावेदकले कर्जा लिएको रकमको सम्बन्धमा पुनः हरहिसाब गरी बैँकले बढी रकम असुल गरेको देखिएको स्थितिमा बढी लिएको रकम पुनरावेदकलाई फिर्ता दिने ठह¥याई पुनरावेदन अदालत विराटनगरबाट मिति २०७१।०३।१० मा भएको फैसला मिलेकै देखिँदा सदर हुने ठहर्छ । प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार गरी बुझाइदिनु ।’
बोल्नै मान्दैन बैंक !
यता बैंकका एक एक गरी कर्तुत सार्वजनिक हुन थालेपछी बैंकका कोहि पनि अधिकारी यस विषयमा बोल्न नै मानिरहेका छैनन् । यस विषयमा हामीले बैंकका सूचना अधिकारीसँग बुझ्न खोज्दा पनि उनी सम्पर्कमा नै आएनन् । यसले बैंकको पछिल्लो अवस्था बिग्रिएको हो कि भन्ने भान परेको छ । पछिल्लो साता मात्र बैंकका ३ वटा काण्ड बाहिर आएका छन् । एक मलेसियन कम्पनीले करिव ३ अर्व बिगो माग्दै बैंकविरुद्ध अदालत जाने तयारी गरिरहेको छ भने आफ्नो नाम कालो सूचीबाट नहटाएको भन्दै बैंकविरुद्ध एक अर्की ग्राहक पनि राष्ट्र बैंक पुगेकी छिन् । 
हिमालयन बैंक सम्बन्धी यी समाचार छुटे कि ? 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: