×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : ‘बाफिया’ विपरित सञ्चालक समितिमा बसेका नरेश दुगड कुमारी बैंकबाट हटाइए !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अर्थ सरोकार डटकमले कुमारी बैंकका सञ्चालक नरेश दुगड बैंक तथा वित्तीय संस्था ऐन विपरित बोर्डमा बसीरहेको खबर सार्वजनिक गरेपछि अन्तत राष्ट्र बैंकको पहलमा नरेश दुगड बैंकको सञ्चालक समितिबाट हटाइएका छन् । बैंकले नेप्सेलाई दिएको जानकारीमा नरेश दुगड बोर्डबाट अलग भएको उल्लेख छ ।लामो समय फरार रहेका उनले राजीनामा दिएको भन्ने कारण देखाइएको भएपनि राष्ट्र बैंककै पहलमा औपचारिक रुपमा उनलाई राजीनामा लेख्न लगाएर उनलाई निकालिएको हो । 
बैंक तथा वित्तीय संस्था ऐन अनुसार संचालक समितिमा बस्न अयोग्य भएपनि झण्डै २ वर्षदेखि फरार भनिएका केएल दुुगड ग्रुपका सञ्चालक नरेश दुुगड कुमारी बैंकमा सञ्चालक समितिमा रहेका थिए । उनलाई कालोबजारी तथा ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै पक्राउ पुुर्जी जारी गरेको थियो । यसरी अदालतले दोषी ठहर गरेको व्यक्ति संचालक समितिमा बस्न पाउँदैन भन्ने स्पष्ट व्यवस्था ‘बाफिया’ मा छ ।
हेर्नुहोस् दुगड बाफिया विपरित बैंकमा बसेको बारे अर्थ सरोकारले प्रकाशित गरेको खबर

के हेर्दैछ नेपाल राष्ट्र बैंक ? कुमारी बैंक लिमिटेड ‘बाफिया’ विपरित चलिरहेछ…!

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: