×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

काण्ड नै काण्ड बाहिरिएको मञ्जुश्री फाइनान्सको क्वार्टर रिपोर्ट : खराब कर्जा बढेर २.११ प्रतिशत पुग्यो (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काण्ड नै काण्ड बाहिरिएपछि पछिल्लो समय निकै विवादित भएको कम्पनी मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले ९ करोड ७० लाख कुद नाफा कमाएको भएपनि खराव कर्जा भने बढाएर २.११ प्रतिशत पुर्याएको छ । पहिला खराब कर्जा १.९८ थियो । 
फाइनान्सको खूद ब्याज आम्दानी २४ करोड ५० लाख छ भने संचालन नाफामा १२ करोड ६३ लाख रुपैयाँ छ । समीक्षा अवधिमा मञ्जुश्रीले ६ अर्ब ७ करोड निक्षेप संकलन गरी ५ अर्ब १८ करोड बराबरको कर्जा प्रवाह गरेको छ । यो अवधिमा मञ्जुश्रीको प्रतिसेयर आम्दानी १२.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९.७ गुणा कायम भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: