×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बजार बढेपछिको एउटा गजल : ‘अाजकाे मार्केटकाे नतिजाले निराश लगानीकर्ताकाे मनमा धमाल गर्याे…’



धेरैपछि सेयर बजार बढ्यो । आइतबारमात्र नेपाल पूँजीबजार लगानीकर्ता संघले आयोजना गरेको एक विशेष कार्यक्रमले फैलाएको सकारात्मक ‘भाइब्स्’का कारण बजार बढेको निष्कर्ष निकाल्दै दीपक खतिवडाले यस्तो गजल लेख्नुभएको छ ।  

लाै राधाजी तपाइकाे हरियाे हरियाे सारीले हेर्नुस क्या कमाल गर्याे,
अाजकाे मार्केटकाे नतिजाले निराश लगानीकर्ताकाे मनमा धमाल गर्याे ।

यत्न-प्रयत्न नित्य-निरन्तर जारी रहाेस हरपल हरक्षण सदा-सर्वदा,
मार्केट घटाउने षडयण्त्रमा लागिपरेकाकाे कु-बिचारमा बबाल गर्याे ।

साँच्चै नै विकासका द्याेतक लगानीकर्ताकाे उच्च मनाेबल गिरेकै हाे कि,
या त चलखेल गर्ने अनि कुुम्लयाउन लागिपरेका माथि सवाल गर्याे ?


सबै सम्बन्धित निकाय बजारप्रति सकारात्मक हुँदा मात्र अर्थमन्त्री किन,
उहाँलाई बजारप्रति positive बनाउन यहाँकाे भुमिकाले बेमिसाल गर्याे ? ( हाल अनुत्तरित यक्ष प्रश्न???)

अर्थतन्त्रकाे ऐना मानिने पुँजी बजार अाजसम्म कारूणिक राेदन राेइरहेथ्याे,
त्याे विक्षिप्त राेदनलाई हर्षमा परिणत गरि षडयण्त्रकारीकाे बेहाल गर्याे ।

नेप्से र बाेर्ड बीचकाे मनमुटावले बिचरा लगानीकर्ता थिए रणभुल्लमा,
अाज फेरी दुवैकाे स्पष्ट धारणा लगानीकर्ताले थाहा पाउँदा मालामाल गर्याे ।


बजार अब घट्दैन घटिरहे हामी चुप लागेर बस्दैनाैँ गभर्नर ज्युकाे अभिव्यक्ति,
अालाे घाउमा मल्हम लाउन पर्याप्त वचनले लडखडाएकाे मन सम्हाल गर्याे ।

कराेडाैँ-अरबाैँ कर यहि बजारबाट उठ्थ्याे किन थप कर लाद्याै अर्थमन्त्री ज्यु,
हटाउ कर घटाउ कर हेर यसाे भन्ने दिन अाउनेछ “राजस्व त फालाफाल गर्याे” ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: