मेगा बैंक र नर्भिक अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ -  मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अस्पतालबीच सम्झौता भएको छ । मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय अस्पताल बीच मंगलबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने भएको हो । 

सम्झौता अनुसार, नर्भिक अस्पतालले दिईरहेको बार्षिक स्वास्थ्य परिक्षण प्याकेजको नियमित छुटमा मेगा बैंकको ग्राहकलाई थप ५ प्रतिशत छुट दिने भएको छ । यसैगरी, प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, मेम्मोग्राम, मुटुसम्बन्धी उपचार र शल्यक्रियामा १०–१० प्रतिशत छुट दिने भएको छ । साथै, अस्पतालमा भर्ना हुने ग्राहक र उनको परिवारले ५ प्रतिशत छुट पाउने छन् । मेगा बैंकका डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकलाई नर्भिकले फास्ट ट्रयाक मेडिकल केयर सर्भिस दिनुका साथै आकस्मिक एम्बुलेन्स सेवा समेत प्रदान गर्ने भएको छ । 

ग्राहकहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै मेगा बैंकले यस प्रतिष्ठित अस्पतालसँग साझेदारी गरेको हो । यो सेवाबाट मेगा बैंकका पाँच लाख भन्दा बढी ग्राहक र उनीहरुको परिवार लाभान्वित हुने भएका छन् ।
प्रकाशित : Wednesday, August 01, 2018

recent

Popular Posts