×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! मट्टीतेल मिसिएका जम्बो माउन्टेन ड्यू बजारमा…!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पछिल्लो समय निकै लोकप्रिय बनेको पेय पदार्थ माउन्टेन ड्यूमा अखाद्य बस्तु मिसावट भएको पाइएको छ । खोटाङमा मट्टिलेतको स्वादमा ड्यु भेटिएपछि यस्तो रहस्य खुलेको हो ।   जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको एक पसलमा राखिएको ड्युमा मट्टीतेलको गन्ध पाईएको हो । पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी नष्ट गरिएको छ । 
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार साकेला गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको हो । साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए अनुसार ग्लासमा खन्याइएको ड्यु पिउने क्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुँघ्दा समेत मट्टीतेलको गन्ध आएको हो । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएपछि पसलमा रहेको पाँच कार्टुन ड्यु नष्ट गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: