एनसीसी बैंकको ५०% हकप्रद सोमबारदेखि खुल्दै, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं - भदौ ४ गतेदेखि एनसीसी बैंकको ५०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन १४ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन्  ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ ।

हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २०० रुपैयाँ छ । बैंकले यही पुँजीको ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।

प्रकाशित : Sunday, August 19, 2018

recent

Popular Posts