×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २६.०५% बढ्दा रिजर्भमा १४ अर्ब ८५ करोड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ९६ करोड ३७ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ अर्ब १४ करोड ४५ लाख ४८ हजार रुपैयाँ रहेको खुद नाफा यसपालि २६.०५% ले वृद्धि भएको हो । बैंकले खुद नाफामध्ये ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टका लागि छुट्याएको छ ।
रेगुलेटरी एड्जस्टमेन्टपछि इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५७ करोड ८८ लाख ५८ हजार रुपैयाँ हुन्छ । तर यो सबै रकम भने लगानीकर्ताले लाभांशको रुपमा पाउने छैनन् । सामान्यतयः यसलाई वितरणयोग्य नाफा भनिन्छ । तर यसमध्ये पनि पूरै रकम भने बाँड्न नमिल्ने चार्टर्ड एकाउन्टेन्टहरुको भनाई छ ।
जे होस, इन्भेष्टमेन्ट बैंकको प्रगति निकै उत्साहप्रद छ । ठूलो पुँजी आधार हुँदा पनि बैंकले नाफालाई वृद्धि गर्दै अघि बढ्न सक्नु सकारात्मक पक्ष हो । बैंकको खुद ब्याज आम्दानी २०.६९% ले बढेर ५ अर्ब ८७ करोड ८० लाख ७६ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा ५ अर्ब ५२ करोड ८५ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
यता, नेपाल इन्भेष्टमेन्टले १ खर्ब ४० अर्ब ७ करोड ११ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ४० करोड १३ लाख ९२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा भने ०.८३% बाट बढेर १.०३% पुगेको छ । यसैगरी, कस्ट अफ फन्ड ५.८४% बाट बढेर ६.३१% पुगेको छ ।
इन्भेष्टमेन्ट बैंकले चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा १४ अर्ब ८५ करोड ५९ लाख ६५ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी पनि अघिल्लो वर्षको भन्दा धेरै भएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसाबाट बढेर अहिले ३८ रुपैयाँ ७० पैसा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: