×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘टाइपिङ मिस्टेक’ भएको कि जनतालाई ‘वेवकुफ’ बनाएको ? ओरिएन्टल होटल्सको वित्तीय विवरणमा यस्तो झुट !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ओरियन्टल होटल्स लिमिटेडले आर्थिक वर्ष ०७४।०७५को वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार होटल्सको नाफामा वृद्धि भएको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो । होटलले सार्वजनिक गरेको विवरण अनुसार होटलले यसअवधिमा एक अर्ब १७ करोडको व्यापार गरेको छ भने होटलको खर्च समेत बढेर ७० करोड नाघेको छ । कम्पनीको अन्य आम्दानी बढ्दा कर्मचारी खर्च पनि बढेको छ । 
यता कम्पनीको आम्दानी ९.११ प्रतिशतले बढेको छ । जसमा कोठाको आम्दानी ६.३८ प्रतिशतले बढेको छ भने खाद्य ताथ पेय पदार्थ बिक्री बापतको आय ५.८५ प्रतिशतले वृद्धि भएको होटलले जनाएको छ । होटलको चुक्ता पुँजी ९३ करोड ४२ लाख रुपैयाँ छ । होटलको नाफा बढेपछि प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१९.७९ रुपैयाँ छ।
‘इन लाख’ देख्दा जुक्किए लगानीकर्ता, ‘टाइपिङ मिस्टेक’ भएको कि जनतालाई ‘वेवकुफ’ बनाएको ? 
यता खास अंकमा माथि ‘लाखमा’ भनर कम्पनीले लगानीकर्तालाई झुक्याउने प्रयास गरेको छ । कम्पनीले विवरणमा उल्लेख गरेको तथ्यांक लाखमा नभएको भएपनि कम्पनीले उक्त अंकहरु लाखमा भएको भन्दै झुक्याएको हो । बुझ्ने लगानीकर्ताहरुले भने यसलाई ‘टाईपीङ मिस्टेक’ भन्दै सामान्य रुपमा लिएका छन् । यता कमपनीलाई यस बारेमा बुझ्न खोज्दा भने कम्पनीका कोहि पनि सम्पर्कमा आउन चाहेनन् ।
हेरौं कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: