×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभू बैंकको खुद नाफा १ अर्ब १२ करोड रुपैयाँ खराब कर्जा असूली भने राम्रो प्रगति

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब १२ करोड मात्र खूद नाफा आर्जन गरेको छ भने बैंकले संचालन मुनाफा भने बढाएको छ । अघिल्लो वर्ष १ अर्ब ३६ करोड रहेको यस्तो मुनाफा बढेर १ अर्ब ३८ करोड पुगेको हो । 
सार्वजनिक भएको विवरण अनुसार समीक्षा अवधिमा प्रभू बैंकले ९७ अर्ब २५ करोड निक्षेप संकलन गरी ७५ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ भने बैंकले जगेडाकोषलाई बढाएर ३ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ ।यता बैंकले खराब कर्जा अनुलीमा भने प्रगति गरेको छ । बैंकले ४.२९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ३.५५ प्रतिशतमा झार्न सफल भएको छ । 
यता प्रभू बैंकको इक्वीटीमा प्रतिफल ९.६९ प्रतिशत छ भने सम्पत्तिमा प्रतिफल ०.९८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी १६.२५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १७१.२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.५१ गुणा, तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: