×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वरोजगार लघुवित्तले २१.०५३% लाभांश दिँदै, २०% बोनसका साथै कर तिर्न १.०५३% नगद पनि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २१.०५३% लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २०% बोनस सेयर र कर तिर्न १.०५३% नगद लाभांश दिने निर्णय गरेको हो । बोनस तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
असार मसान्तसम्ममा यो लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार रुपैयाँ छ । कम्पनीले अहिले यही पुँजीको १००% सेयर बिक्री गरिरहेको छ । हकप्रदपछि चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । बोनसपछि भने पुँजी २९ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । असार मसान्तसम्म कम्पनीले ६ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: