वोमीको सेयर लिलामी भर्ने २ दिन मात्र बाकी, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको लिलामी सेयर भर्ने मंगलबार (साउन २२ गते) अन्तिम दिन रहेको छ । यस आधारमा अब लगानीकर्ताले लिलामी भर्न सोमबार र मंगलबार गरी २ दिन मात्र समय पाउनेछन् । वोमीले साउन १५ गतेदेखि ११ हजार ५४५ कित्ता सेयर लिलामीमा ल्याएको हो । संस्थापक समूहको ३ हजार ८८२.८० कित्ता र सर्वसाधारण समूहको ७ हजार ६६२.२० कित्ता सेयर लिलामी खुला गरिएको हो । 

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा सिद्धार्थ बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आवेदन दिन पाइन्छ । यसैगरी, वोमीको चितवन स्थित भरतपुर कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिन्छ । हाल कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ७८ हजार रुपैयाँ पुगेको छ । 
प्रकाशित : Monday, August 06, 2018

recent

Popular Posts