×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेगा बैंक, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका डाटा चोरी गरी एटिएमबाट लाखौँ निकालिएको खुलासा ! (फोटो फिचर)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नक्कली एटीएम बनाएर लाखौं चोरी गर्ने गिरोह काठमाडौंबाट पक्राउ परेको छ । एटीएम कार्ड ह्याक गर्ने गिरोहहरु भेटिएपछि प्रहरी र राष्ट्र बैंकले बैंकहरुलाई एटीएम म्याग्नेटिकबाट चिपमा परिणत गर्न सुझाएको थियो । त्यसअनुसार अहिले अधिकांश बैंकहरुले एटीएममा चिप प्रयोग गर्न थालेका छन् । तर चिपमै पनि चोरी हुन थालेको रहस्य बाहिर आएको हो । नेपाल इन्भेष्टमेन्ट बैंकको ठमेल, चाक्सीबारीको एटीएममा स्किमर मेसिन जडान गरेर सेवाग्राहीको एटीएमको डाटा चोरेका चोरहरुका नाइकेलाई प्रहरीले पक्राउ गरेको हो । यसपटक उनीहरुले दुई पटक गरेर ७/७ लाख रुपैयाँ अवैधानिक रुपमा निकालेका छन्। 

 प्रहरीले आइतबार साँझै सूचना पाएको भए पनि फलो गर्ने क्रममा तीनै जना साँझ मल्ल होटलको क्यासिनो बेलीमा पुगेको भेटिएका थिए । त्यसरी रकम निकाल्न प्रयोग गरिएको स्वाप मेसिनहरु नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र र मेगा बैंक छन् । यसपटक उनीहरुले दुई पटक गरेर ७/७ लाख रुपैयाँ अवैधानिक रुपमा निकालेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन् ।

गिरोहका नाइके भारतका ३४ वर्षीय जिन्टु जोयसहित दिल्लीका ३२ वर्षीय विकास गोसाईं, तिटी बलजितनगरका २८ वर्षीय बिटु गौतम पक्राउ परेका छन् । बिचौलियाको भूमिकामा रहेका काभ्रेको तिमाल–९ का २४ वर्षीय विजय दोङ लामा र काठमाडौं–१७ का ३२ वर्षीय अनुज नकर्मी पनि पक्राउ परे । नक्कली क्रेडिट कार्ड बनाएर लाखौं रकम निकालिरहेको सूचनाको आधारमा खटिएको विशेष टोलीले बिहान ८ बजे ठमेलको सञ्चयकोष अगाडि रहेको होटल ओएसिसबाट ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार घटनाका मुख्य नाइके जोए आईटी एक्सपर्ट हुन् । उनैले एटीएम चोरीको सबै बन्दोवस्त मिलाएको खुलेको छ ।

विचौलियाको भूमिकामा रहेका थप दुई नेपाली नागरिक पनि पक्राउ परेका हुन् । प्रहरीले आइतबार साँझै सूचना पाएको भए पनि फलो गर्ने क्रममा तीनै जना साँझ मल्ल होटलको क्यासिनो बेलीमा पुगेको भेटिएका थिए । त्यसरी रकम निकाल्न प्रयोग गरिएको स्वाप मेसिनहरु नेपाल इन्भेष्टमेन्ट बैंक, कुमारी बैंक र र मेगा बैंक छन् । यसपटक उनीहरुले दुई पटक गरेर ७/७ लाख रुपैयाँ अवैधानिक रुपमा निकालेको प्रारम्भिक सोधपुछका क्रममा बताएका छन् । उनीहरुले यो प्रक्रियामा एक–एक वटा डाटा कार्ड रिडर र एमएसआर मेसिन, ४ वटा पीओएस (स्वाप) मेसिन र दुई वटा ल्यापटप प्रयोग गरेका थिए ।एटीएम ह्याक गरेर रकम निकाल्न प्रयोग गरिएका सामग्री गरेका छन् ।
यसरी हुन्छ एटीएम ह्याकिङ !
प्रहरीका अनुसार पहिलो, स्किमर मेसिन एटीएम बुथमा प्रयोगकर्ताले चाल नपाउने गरी जडान गरिएको हुन्छ । जसले प्रयोगकर्ताले एटीएम मेसिनमा कार्ड घुसाउने वित्तिकै गोप्य डाटा र पिन कोडलाई सेभ गरिहाल्थ्यो । त्यसलाई कार्ड रिडर मेसिनमार्फत खाली एटीएम कार्डमा राखेर चारी गर्ने गरिएको प्रहरी अनुसन्धानले देखाउँछ । कतिपय घटनामा भने अभियुक्तले सानो क्यामेरा समेत जडान गर्ने गरेको समेत भेटिएको छ । दोस्रोआईटीमा राम्रो दख्खल भएका जोएले एक वेवसाइटमार्फत विदेशी एटीएम प्रयोगकर्ताको डाटा किन्ने गरेका पाइएको छ । ‘अनलाइनमा बिटकोइन तिरेर डाटा खरिद हुने गरेको भेटिन्छ’ प्रहरी स्रोतले अर्थ सरोकारसँग भन्यो, ‘त्यसरी खरिद गरिएको डाटालाई प्रयोग गरेर सुरक्षित ठाउँमा बसेर रकम चोरी गर्ने गरिन्छ ।’ परिसरका प्रमुख एसएसपी लामा भने भारतीय गिरोहले एटीएमका डाटाहरु कसरी पाए भन्ने विषयमा अनुसन्धान भइरहेको बताउँछन् । कानुनतः एटीएमबाट अनाधिकृत रुपमा रकम निकाल्ने कार्यमा संलग्नमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तरगत कारबाही हुने गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: