×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नापी कार्यालयका सर्वेक्षक कुवँर २५ हजार घुससहित पक्राउ

काठमाडौं – नापी कार्यालय बुढानीलकण्ठ, काठमाडौंका नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँर २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुसबापतको २५ हजार रकम लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं – ७ हात्तीगौडास्थित कमर्सियल कम्प्लेक्सको कम्पाउण्डबाट उनलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । यसबारे आवश्यक अनुसन्धान भइरहेको पनि अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: