एनआइबीएल समृद्धि फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ - एनआइबीएल समृद्धि फन्ड–१को १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।फण्डले नगद लाभांश वितरणका लागि भदौ २२ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोज हुने १ दिन आगाडी सम्मको सेयरधनीले मात्र यो लाभांश पाउने छन् ।

व्यवस्थापक एनआइबीएल एस क्यापिटलको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो । एनआइबीएल एसले कुल १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रकाशित : Thursday, September 06, 2018

recent

Popular Posts