×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एभरेष्ट बैंक र स्टार हस्पिटलबिच सम्झौता, बैंकका कार्डहोल्डर ग्राहकले हस्पिटलले प्रदान गर्ने सेवामा छुट पाउने

काठमाडौँ – एभरेष्ट बैंक लिमिटेड तथा स्टार हस्पिटलबिच सम्झौता भएको छ । स्टार हस्पिटलले प्रदान गर्ने सेवा प्रयोग गर्दा एभरेष्ट बैंकका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने एक सम्झौतामा हस्ताक्षर भएको छ । 
यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् । यस सम्बन्धी सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख सञ्चालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका थिए । 
हाल एभरेष्ट बैंकसँग यस क्षेत्रकै ९ लाख ५० हजार भन्दा बढी ग्राहक संख्या रहेको छ । हालै यस बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैंकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैंकको ८२ साखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसको ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: