एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - एक्सेल डेभलपमेन्ट बैंकले १७% नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको करसहित १७% नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले नगद लाभांशमा ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ  ।  यसलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने बैंकले जनाएको छ ।


प्रकाशित : Sunday, September 16, 2018

recent

Popular Posts