×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रिमाइन्डर : गरिमा विकास बैंकको १३.७५% लाभांश सुरक्षित गर्न अब ३ दिनमात्र बाकी

रिमाइन्डर :


इभेन्ट : गरिमा विकास बैंकको १३.७५% लाभांश सुरक्षित गर्न
बुक क्लोज : असोज १२ देखि २६ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : असोज ११ गते, बिहिबार 
विशेष साधारण सभा : असोज २६ गते  
विवरण :
गरिमा विकास बैंकको १३.७५% लाभांश सुरक्षित गर्न अब ३ दिन मात्र समय बाकी रहेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीबाट १०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने भएको छ । बैंकले बोेनसमा २५ करोड ३४ लाख ८७ हजार ९९९ रुपैयाँ ७१ पैसा र नगद लाभांशमा ९ करोड ५० लाख ५७ हजार ९९९ रुपैयाँ ८९ पैसा खर्च गर्न लागेको हो ।
साधारण सभाका प्रस्ताव : 
१०% बोनस सेयर र ३.७५% नगद लाभांश दिने,
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने 
अन्य संस्थासँग मर्ज तथा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने

विशेष साधारण सभा हुने स्थान र समय :


होटल पोखरा ग्रान्ड विरौटामा बिहान १०ः३० बजे।

कम्पनी प्रोफाइल :


चुक्ता पुँजी : २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : २ अर्ब ७८ करोड ८३ लाख ६७ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १७ रुपैयाँ २७ पैसा
प्रतिसेयर नेटवर्थ : १२८ रुपैयाँ ६९ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: