×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाललाई ‘गिनी पिग’ बनाउने खतरनाक सूचना प्रधानमन्त्रीलाई कसले दियो ?

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकार प्रान्तिका नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने कार्य स्वीकार्य नहुने बताएका छन् ।
अधिकार प्राप्तिको राजनीतिक अभियानमा प्रयोगको चरण सकिएको भन्दै उनले अब प्रयोग गर्न बाँकी भए शीघ्र र तीव्र विकास मोडल मात्र भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा बुधबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीयता ठीक वि बेठीक भन्ने बहस सन्दर्भिक नभएको बताए । ‘बहस र तर्करवितर्क निर्णयमा पुग्नुअघि मात्र स्वाभाविक हुन्छ । तर, जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ,’ उनले भने ।
संघीयता वा संविधानको छेउकुना नमिलेको भए, राँटो बाँकी रहेको भए समयक्रममा मिलाइने उनले बताए । तर, ‘अधिकार प्राप्तिको नाममा मुलुकलाई ‘गिनी पिग’ बनाउने र अवाञ्छित उद्देश्य बोकेका तत्वहरुको क्रिडास्थल बनाउने कार्य स्वीकार्य हुँदैन,’ उनले भने ।
गिनी पिग मुसा जस्तो देखिने स्तनधारी जनावर हो ।
प्रधानमन्त्री ओलीले ‘केन्द्र–प्रदेश सम्बन्ध’लाई संविधानको अक्षर र भावना अनुरुप व्यवस्थित गरिने बताए । ‘ढुंगाको भर माटोलाई, माटोको भर ढुंगालाई’ भनिन्छ । यही भावनामा क्षमता अभिवृद्धिको लागि लगानी गरिन्छ, प्राकृतिक र वित्तीय स्रोतको न्यायोचित वितरण हुन्छ,’ उनले भनेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: