तिज नजिकिदै गर्दा बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५७ हजार ८ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ५७ हजार ९ सय मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५  रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित : Tuesday, September 11, 2018
,

recent

Popular Posts