×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्सको आइपिओ आउँदै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौँ – गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. ले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । संस्थाले प्रति कित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३ लाख कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्ने भएको छ । उक्त आइपिओ निष्कासन गर्नको लागि संस्थाले बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लि.लाई नियुक्त गरेको छ ।
सो सम्झौतामा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटा र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेख बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि.को अधिकृत पूँजी २० करोड रहेको छ भने जारी पूँजी १० करोड रहेको छ ।  संस्थाको चुक्ता पूँजी ७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१० करोड हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: