×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर बाँडफाँट, कतिमा परेन आवेदन ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जेबिल्स फाइनान्सको ४०% हकप्रद सेयर बाँडफाँट भएको छ । जेबिल्सले २३ लाख ११ हजार ६५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । बिक्रि गरेको हकप्रदमा १३ लाख १४ हजार २२ कित्ताका लागि मात्र आवेदन परेको  छ भने बाँकी रहेको ९ लाख ९७ हजार ६२८ कित्ता हकप्रद बिक्री हुन सकेन । बिक्री नभएको सेयर कम्पनीले अब प्रक्रिया अनुसार लिलामीमा ल्याउनेछ ।
हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा जेबिल्सले २ करोड ३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ८६ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: