ज्योति विकास बैंकले गर्ने भयो असोज २९ मा एजीएम, हेर्नुहोस् यस्ता छन् प्रस्तावहरु

एजिएम नोटिस
कम्पनी : ज्योति विकास बैंकको साधारण सभा
हुने मिति : असोज २९ गते

विवरण : 
ज्योति विकास बैंकको साधारण सभा असोज २९ गते हुने भएको छ । सभाका लागि कम्पनीले असोज १५ देखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । यसको आधारमा असोज १४ सम्म कायम सेयरधनीले मात्र ८.४% नगद लाभांश पाउने छन् ।

पेस गर्ने प्रस्तावहरु :
८.४% नगद लाभांश दिने ।
हाम्रो विकास बैंकलाई एक्वायर गर्ने प्रस्ताव ।
हाम्रो विकास बैंकलाई एक्वायर गरे पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप नियमावली संशोधन गर्ने एजेन्डा ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

एजिएम हुने स्थान र समय :
नक्साल ब्यांकेट, नारायणचौर काठमाडौंमा बिहान ११ बजे । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३० करोड ५१ लाख ८० हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ७७ पैसा
प्रतिसेयर नेटवर्थ : ११९ रुपैयाँ ८७ पैसा।
प्रकाशित : Monday, September 24, 2018

recent

Popular Posts