×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मन्त्रीमण्डल हेरफेरको विषयलाई लिएर ओली–प्रचण्डबीच नै मतभेद, बादलसमेत ओलीको पक्षमा

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र मन्त्रीमण्डल हेरफेरको विषयलाई केपी ओली र प्रचण्डबीच विवाद देखिएको छ । नेकपाका एक अध्यक्ष प्रचण्डले मन्त्रीमण्डलमा हेरफेरको संकेत गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको खण्डन गरेका छन् । र गृहमन्त्री रामबहादुर थापा बादल समेत प्रचण्डको भनाइ खण्डन गर्दै हिडेका छन् ।
यस विषयमा बादलसमेत ओलीको पक्षमा देखिएका छन् । जसले गर्दा नेकपामा आन्तरिक विवाद देखिन थालेको संकेत यी भनाईले प्रष्ट पारेको छ ।
भारत भ्रमण जानु अगाडि भदौ १९ गते प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा जनतालाई निराश नगराउने गरी मन्त्रीमण्डल हेरफेर हुने बताएका थिए । तर, त्यसको चार दिनपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र गृहमन्त्री तथा नेकपाका सचिवालय सदस्य बादलले प्रचण्डको संकेतको खण्डन गरेका हुन् । मिडिया रिपोर्टमा गृहमन्त्री बादलमाथि आलोचना बढेपछि उनको पनि जिम्मेवारी हेरफेर हुन सक्ने बताइएको थियो ।
हिजो अर्थात भदौ २३ गते प्रधानमन्त्री ओलीले वर्तमान मन्त्रीमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताए । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरू हेरफेर हुने हल्ला चलाएका छन् । केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।’
ओलीले आफ्ना मन्त्रीहरुलाई आलोचना र हमलाबाट नडराउन पनि आग्रह गरे । त्यसै दिन गोरखा पुगेका गृहमन्त्री बादलले तत्कालै मन्त्रीमण्डल हेरफेरकोे कुनै सम्भावना नरहेको बताए । २० आैँ वासु स्मृति दिवसमा सहभागी हुन बादल गोरखा पुगेका हुन् ।
आइतबार र सोमबार नेकापा सचिवालयको बैठक बस्दै छ । बैठकमा तल्ला तहका संगठनको एकता प्रक्रियामा छलफल हुने बताइएको छ । भदौ २६ र २७ गते नेकपाको स्थायी कमिटीको बैठक बस्दैछ, जहाँ पार्टीको संगठनात्मक कामबाहेक सरकारको समीक्षा पनि प्रमुख एजेन्डाको रुपमा छ । स्थायी कमिटीको बैठकमा सरकारका काम कारबाही र संगठन एकीकरणका एजेण्डामा निकै आलोचना, विवाद हुन सक्ने संकेत केहि नेताको अभिव्यक्तिबाट देखिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: