कैलाश विकास बैंकले १७% नगद लाभांश दिंदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कैलाश विकास बैंकले १७% नगद लाभांश दिने भएको छ । बैंकको असोज ९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १७ का दरले नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैंकले ४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।

यो प्रस्ताव राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताको खातामा पठाउनेक्रम सुरु हुनेछ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित : Wednesday, September 26, 2018

recent

Popular Posts